adv

नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुग्यो

काठमाडौ,२ असार । नेपालमा थप १०१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको कोभिड १९ प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घन्टामा थप १०१ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् ।

संक्रमित हुनेमा सप्तरीका १, झापाका २, मोरङका २, धनुषाका ८, बाराका १, पर्साका २, भक्तपुरका २, नुवाकोटका २, बाराका २, मकवानपुरका १, नवलपरासी पूर्वका ३, रौटहटका ८, सिन्धुलीका १, काभ्रेपलाञ्चोकका १, काठमाडौं १, पाल्पाका १, लमजुङका २२, तनहुँका ७, बर्दियाका १०, दाङका ५, रोल्पाका १३ ,रुपन्देहीका १, सल्यानका १, रुकुम पश्चिमका १, डडेलधुराका १, बझाङका १ र डोटीका १ जना रहेका छन् ।

योसंगै नेपालमा संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ ।

त्यस्तैव२४ घण्टामा २८५ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म ११ हजार ५३४ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु