adv
adv

आफ्नै छोरीलाई करणी गरेको अभियोगमा बाबु पक्राउ

झापा । झापामा आफ्नै १२ बर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३५ वर्षीया युवालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ  ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरिक्षक राकेश थापाले दिएको जानकारी अनुसार धरान नगरपालिका वडा नम्बर १३ घर भएका हाल झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ८ गरामुनि डेरा गरी बस्ने ३५ वर्षीया बाबुलाई १२ वर्षीया छोरी जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको हो ।

१ महिनादेखि बाबुले बालिकालाई मध्यान्ह्को समय पारेर छोरी एक्लै घरमा रहेको अवस्थामा  पटक पटक जबरजस्ती करणी गर्दै आएको पिडित बालिकाले बताएकी छन् ।

मानवअधिकारका लागि एकल महिलाकी केन्द्रीय सचिव समेत रहेकी अधिकारकर्मी रेखा अधिकारीका अनुसार कोरोनाको समय भन्दै छोरीलाई उनले घर बाट टाढा नजान पनि भन्दै आएका थिए । घरका अरु सदस्यलाई भने दिउसो बाहिर केही न केही बाहाना गरेर पठाउने गरेकोबालिकाले बताएकी छन् ।

अधिकारीले भनिन्, ‘बालिकाले बाबुले आफुलाई सुरुवाती दिनमा गरेको अभद्र व्यवहार परिवारमा भन्न खोज्दा धम्की दिदै आएकोले कसैलाई भन्न नसकी डराएर बसेकीरहिछन् ।’ सहनै नसक्ने अवस्था आएपछी मात्र परिवारमा सुनाएको पिडितकी बहिनिले बताएकी छन् ।

उक्त घटनाको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय अनारमनी रगरामनीबाट खटिएको प्रहरीले ती पुरुषलाई पक्राउ गरेको हो ।

हाल बालिकालाई मानव अधिकारका लागि एकल महिलाको कार्यालय भद्रपुरमा राखिएको  छ ।  एकल महिलालेनै  अभिभावकको भुमिका निर्वाह गर्दै बिहिबारै मुद्या दर्ता पनि गराएको छ ।

पक्राउ परेकालाई  जिल्ला अदालत झापाबाट ७ दिनको म्याद थप गरि  अनुसन्धान भइरहेको प्रवक्ता थापाले जानकारी दिए ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु