adv
adv

एनआईसी एसिया बैंककाे तीन सुपर चामत्कारिक कर्जा योजना

दमक । एनआईसी एसिया बैंकले तीन सुपर चामत्कारिक कर्जा योजनाहरु ल्याएकाे छ । न्यून ब्याजदर तथा न्यून प्रशासनिक शुल्क रहेको कर्जा याेजना सार्वजनिक गरेको हाे ।

बैंकले ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा घर कर्जा ,सवारी कर्जा र ब्यवसाय कर्जा उपलब्ध गराउने जनाएकाे छ । शुक्रबार एनआईसी एसिया बैंकको क्षेत्रिय कार्यलय दमक झापाले पत्रकार सम्मेलनको आयोजना गरी साे योजनाहरु सार्वजनिक गरेको हो ।

सुपर चामत्कारिक घर कर्जा अन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्नका लागि जग्गा खरिद आदि वित्तीय सेवा सुविधा लिन चाहनुहुने ग्राहकले यस योजनाको लाभ लिन सक्ने बताइएको छ । योजनाअनुसार न्यूनतम ५ वर्षदेखि अधिकतम ३० वर्षको कर्जाको समयावधि कायम गरिएको छ भने अधिकतम १ करोड ५० लाख रुपैयाँसम्म कर्जा सीमा कायम गरिएको एनआईसी एसिया बैंकको क्षेत्रिय कार्यलय दमकका प्रमुख डेनराज सुब्बाले बताए ।

यसमा अधिकतम ५० लाख रुपैयाँसम्मको ओभरड्राफ्ट सुविधा समेत लिन सकिने व्यवस्था गरिएको छ । घर निर्माण गर्दाको हकमा बैंकले निर्माण लागतको शतप्रतिशतसम्म कर्जा प्रवाह गर्ने, घर निर्माणको लागि अधिकतम ५ वर्षसम्मको मोराटोरियम पिरियड लिन सकिने र उक्त अवधिमा ऋणीले कर्जाको ब्याज मात्र भुक्तानी गर्न सक्ने समेत सुविधा छ। यसबाहेक फ्लेक्जिबल ईएमआईमार्फत ग्र्राहकले आफ्नो आर्थिक क्षमताअनुसारको आफूले तिर्नसक्ने ईएमआई वार्षिक रुपमा आफैँले निधारण गरेर भुक्तानी गर्न सक्नेछन्।

उनका अनुसार यस योजना अन्तर्गत घर कर्जा उपभोग गरिरहेका ग्राहकले बन्डल अफर अन्तर्गत सवारी कर्जा उपभोग गर्न सक्ने व्यवस्था समेत छ । अन्य बैंक तथा वित्तीय संस्थामार्फत घर कर्जा उपभोग गरिरहेका ग्राहकले यस कर्जा अन्तर्गत आफ्नो कर्जा स्थानान्तरण (स्वाप) गरी आफ्नो आर्थिक भारलाई न्यून गर्न सक्नेछन्।

यसैगरी सुपर चामत्कारिक सवारी कर्जा अन्तर्गत रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी र विद्युतीय सवारीको लागि ग्राहकले कर्जा प्राप्त गर्न सक्नेछन्।

अन्य बैंकमार्फत सवारी कर्जा उपभोग गरिरहेका ग्राहकले यस बैंकको सुपर चामत्कारिक सवारी कर्जाअन्तर्गत आफ्नो कर्जा स्थानान्तरण गर्न समेत सक्नेछन्। यस योजनाअन्तर्गत अधिकतम २ करोड कर्जा सीमा कायम गरिएको छ ।

सवारी धितो राखेको हकमा कर्जा अवधि अधिकतम १० वर्षसम्म र सवारी तथा रियलइस्टेट दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था रहेकाे जनाएकाे छ ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु