adv
adv

याक्थुङ ख्याली प्रतियोगिता सुरु,९ बर्षे वालिका सहित उत्साहजनक सहभागिता

तेह्रथुम, साउन । लिम्बुजातिको पहिचान, भाषा कला र संस्कृतिको संरक्षण गर्ने उदेश्यका साथ आयोजना गरिएको अन्तर्राष्ट्रिय अनलाइन याक्थुङ ख्याली प्रतियोगिता–२०७७ आजदेखि  सुरु भएकोछ ।
लिम्बु जातीको कला ख्यालीको पुर्नजागरण गर्ने अभिप्रायले सिसेक्वा तङनाम अर्थात साउने सक्रान्तीको अवशर पारेर सुरु गरिएको प्रतियोगितामा हालसम्म उत्साहजनक सहभागिता रहेको छ ।
आयोजक समितीका संयोजक टीआर सेनेहाङक अनुसार  दुई दर्जन बढिले नाम टिपाईसकेको र साउन २ गते सम्म तीनजनाको ख्याली समावेश गराईसकिएको छ  । उनका  अनुसार प्रतियोगीहरुको ‘ख्याली’ भिडियो कन्चनजंघा अनलाईको फेसबुक पेज र गाँउबेशी युट्युब च्यानलमा अप्लोड गर्न थालिएको छ ।
ख्याली प्रतियोगितामा मा ताप्लेजुङ निवासी ९ बर्षिय वालिकाले समेत सहभागिता जनाएकी छिन  । फुङलिङ–९ हाङदेवा निवासी ९ बर्षिय नियाराफुङ मादेनले याक्थुङ ख्यालीमा सहभागिता जनाएकी हुन् ।  ५ कक्षामा अध्यनरत वालिकाको सहभागिता प्रति सामाजिक संजालमा बिभिन्न टिका टिप्पणीको साथमा बधाई दिनेहरुको ओहिरो लागेको छ ।
प्रतियोगिताको बिजेतालाई प्रथम,द्धितिय,तृतिय र सान्त्वनालाई क्रमशः ३० हजार,२० हजार,१० हजार र ५÷५ हजार प्रदान गरिने आयोजकले तयारी गरेपनि पुरस्कारको राशी वृद्धी गर्न सरोकारवालाहरुले सुझाव दिएकाले पुरस्कारको राशी बढाउने तयारी रहेको आयोजक समितीका सह–संयोजक प्रकाश पाक्साँवाले जानकारी दिए  ।
ख्याली प्रतियोगिताको एक औपचारिक कार्यक्रमका बिच तेह्रथुमको चोःलुङ पार्कमा चासोक तङनामको अवशरमा समापन हुने अन्तर्राष्ट्रिय अनलाइन याक्थुङ ख्याली प्रतियोगिता–२०७७ का संरक्षक टेकराज तिगेलाले बताए  ।
adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु