adv
adv

मेची नेत्रालय आँखा अस्पतालकाे दमक शाखा स्थापनासँगै सेवा सुरू

दमक । मेची नेत्रालय आँखा अस्पताल काँकरभिट्टाले झापाकाे दमकमा आफ्नो शाखा स्थापन गरेकाे छ ।  आज शुक्रबार देखि दमक शाखामार्फत सेवा सुरू गर्दै शाखाकाे स्थापना गरेकाे हाे ।

आँखा उपचार सेवा प्रदान गर्नु पूर्व पुजा गर्दै अस्पताल परिवार

विगत १४ वर्ष देखि नेपालकाे पूर्वीनाका काँकरभिट्टामा सेवा प्रदान गर्दै आएकाे नेत्रालयले आम नागरिकहरुमा थप गुणस्तरीय र बिस्तारित सेवा प्रदान गर्ने उद्देश्यका साथ दमक शाखाको स्थापना गरिएको अस्पतालका मेडिकल डाईरेक्टर डा. शरदचन्द्र प्रकाश राईले बताउनुभयो ।

डा. शरदचन्द्र प्रकाश राईले २३ वर्ष अघि दमक देखि नै आँखाकाे उपचार सेवा प्रदान गर्न सुरू गर्नुभएकाे थियाे । मेची नेत्रालय दमक शाखामा सेवाग्राहीहरूले डा. राईकाे नेतृत्वमा आँखाकाे दैनिक परिक्षण साथै दैनिक सल्यक्रिया सेवा समेत प्राप्त गर्नेछ ।

दमक लगायत अन्य विभिन्न स्थानहरूमा लामाे समय देखि आँखाकाे उपचार सेवा प्रदान गर्दै आउनुभएकाे छ जनाकाे समुहले दमक शाखाकाे स्थापना गरेका हुन् । शाखा कार्यालय इलाका प्रहरी कार्यालय नजिक थाना राेडमा अवस्थित छ ।

स्वास्थ्य बिमा कार्यक्रम सहित सुरू गरिएकाे अस्पतालले झापा, मोरङ, इलाम, पाँचथर, लगायत पूर्वका विभिन्न क्षेत्रका नागरिकहरुललाई उपचार सेवा प्रदान गर्ने लक्षका साथ शाखा विस्तार गरिएकाे जनाइएकाे छ । पूर्वीनाका काकरभिट्टाबाट मेची नेत्रालयले नेपालसँगै छिमेकी राष्ट्र भारत, भुटान बंगलादेश लगायत देशका नागरिकहरुलाई सेवा प्रदान गर्दै आइरहेकाे छ ।

शुक्रबारबाट सुरू गरिएकाे अस्पतालको दमक शाखा उद्घाटन भएसँगै उपचार सेवा समेत सुरु गरिएको प्रशासक प्रमुख पुनम प्रधानले बताउनुभयो । प्रधानका अनुसार पहिलो दिन २० जनाले आँखाको उपचार सेवा लिएका छन् ।

अस्पतालको दमक शाखामार्फत हाल डा. राईकै नेतृत्वमा ३ जना सिनियर अप्थाल्मिक अफिसरसँगै अन्य चिकित्सक एवंम् कर्मचारी गरी १५ जनाकोे टिमले सेवा प्रदान गर्ने बताइएको छ ।

आँखा उपचार सेवा प्रदान गर्नु पूर्व पुजा गर्दै अस्पताल परिवार

अस्पतालमा आँखा उपचारको लागि सबै किसिमका शल्यक्रिया, प्रयोगशाला औषधी एवं चश्मा पसलको समेत सुविधा रहेको प्रशासक प्रधानले बताउनु भयो ।

आँखा उपचारको लागि पूर्वमै भरपर्दो अस्पतालको रुपमा पहिचान बनाएको मेची नेत्रालय आफ्नो स्थापनको १४ औं बर्षमा सेवारत छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु