adv
adv

बाढी पिडित तारा शेर्माकाे घर मेची अभियानले बनाइदिने

झापा । झापाकाे शिवसताक्षी नगरपालिका निवासी बाढीबाट विस्थापित तारा शेर्माकाे घर बन्ने पक्का भएकाे छ । शिवसताक्षी नगरपालिकाले जग्गा उपलब्ध गराउने भएपछि मेची अभियानले कनकाई नदीको बाढी विस्थापित शेर्माको परिवारलाई पक्की घर बनाईदिने भएको हाे ।

शिवसताक्षी नगरपालिका र मेची अभियानबीच पिडित शेर्माकाे घर बनाउने सहमति पत्र सहित

कन्काइ नदिमा आएकाे बाढीले मध्यममा तारा शेर्माको घर बगाएर परिवारै बिचल्ली भएपछि मेची अभियानकाे टाेली उक्त स्थानमा पुगेकाे थियाे । मेची अभियानकाे टाेलीले स्थलगत अनुगमन गर्दै शेर्माकाे घर बनाइदिने भएकाे हाे । साेका लागि शिवसताक्षी नगरपालिकाले जग्गा उपलब्ध गराउने भएकाे हाे । नगरपालिकाले जग्गा उपलब्ध गराउने र घर निर्माण मेची अभियानले गर्नेछ ।

जनता आवास कार्यक्रम अन्तर्गत शिवसताक्षी नगरपालिका वडा नम्बर ११ स्थित बच्चाबरमा १२ वटा घर निर्माण सम्पन्न भएकाे छ । उक्त स्थानमा नै नगरपालिकाले शेर्माकाे घर निर्माणका लागि जग्गा उपलब्ध गराएकाे नगर प्रमुख चन्द्रकुमार शेर्माले बताए ।

जनता आवास कार्यक्रम अन्तर्गत शिवसताक्षी नगरपालिका वडा नम्बर ११ स्थित बच्चाबरमा बनेका घरहरू

नगर प्रमुख शेर्माले पत्रकारको भुमिका सकरात्मक भए अप्ठेरो र बिचल्लीमा परेका मानिसको उद्धार र पुर्नस्थापना सहजै हुने बताए । उनले भने, ‘सकरात्मक सोच भएका पत्रकारको कलमले एउटा अति बिपन्न परिवारले जीवनभर राहत पाउने भएको छ ।’

निर्माण सम्पन्न घर करिव ५ धुरमा बनेका छन् । तारा शेर्माले पनि त्यतिनै भुमि पाउने नगर प्रमुख शेर्माले बताए । उनलाई करिब ५ लाख बराबरको घर मेची अभियानले निर्माण गरिदिने अभियानका संयोजक विजय डालमियाले जानकारी दिए ।

बाढीले घर बगाए पनि तारा शेर्मा अहिले बस्दै आएकाे टहरा

तारा शेर्माका ३ जना छोरा छोरी छन् । ७ वर्षीय छोरी समृद्धी, ६ वर्षीय दिप्रती र अढाई वर्षका छोरा सन्दिपको माध्यमिक तह सम्मको पढाइको पनि चाँजोपाँजो मिलेको छ ।

शिवसताक्षी नगरपालिका वडा नम्बर २ का अध्यक्ष समेत रहेका नगरका सचेतक कुलवहादुर बस्नेतलले उनिहरुको अभिभावकत्व लिने घोषणा गरेका छन् । उनीहरुलाई आवस्यक पर्ने शैक्षिक सामग्री र विद्यालय पोशाक पनि अध्यक्ष बस्नेतले उपलब्ध गराउने बताए । उनले भने, गरिबीकै कारण पढ्न पाउने अधिकार कसैको खोसिनु हुँदैन । म उनिहरुको अधिकार रक्षा गर्छु र माध्यमिक तह सम्मको अध्ययन मा लाग्ने सम्पुर्ण खर्च उपलव्ध गराउँछु ।’

मेची अभियानका संयोजक सहितको एक टोलीले तारा शेर्माका परिवारका लागि निर्माण हुने जग्गा क्षेत्रको समेत स्थलगत अवलोकन गरेको छ । उक्त टोलीले जग्गा क्षेत्र पायक पर्ने र आधारभुत आवस्यक्ता युक्त क्षेत्र भएकाले यसै साता देखी घर निर्माण हुने संयोजक डालमियाले बताए ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु