adv

कोरोना संक्रमित बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या अस्पताल भर्ना

काठमाडौं । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या अस्पताल भर्ना भएका छन् । कोरोना भाइरसको संक्रमण देखिएका उनीहरुलाई मुम्बईको नानावती अस्पताल लगिएको समाचार संस्था एएनआईले जनाएको छ ।

तर संक्रमण देखिएपछि कुनै स्वास्थ्य समस्या नखिएकाले उनीहरु घरमै थिए । तर सावधानीका लागि उनीहरुलाई अस्पताल भर्ना गरिएको जानकारी प्राप्त भएको समाचार संस्था पिटिआईले उल्लेख गरेको छ ।

ऐश्वर्याका श्रीमान अभिषेक बच्चन र ससुरा अभिताभ बच्चन पनि कोरोना भाइरसको संक्रमण देखिएपछि यसअघि देखिनै नानावती अस्पतालमा छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु