सुनसरी । धनकुटा सहिदभुमि गाउँपालिका वडा नं। ४ का क्यान्सर पिडित लासमाया राईलाई आर्थिक सहयोग रकम प्रदान गरेको छ ।
विगत केहि समयदेखि दक्षिण कोरियालाइ आफ्नो कर्माभूमि बनाइ काम गरिरहेका सहयोग अभियान्ता पुर्ण किराती राईको समुहले एक लाख ४९ हजार रूपैयाँ प्रदान गरेको हो । साे रकम बिरामीकाे घरमा नै पुगेर हस्तान्तरण गरिएकाे हाे ।
अभियानका संयोज समेत रहेका राईले दक्षिण कोरियाबाट नेपाल आएको समयमा सो अभियान सञ्चालन गरेका हुन् । लकडाउनको समयमा सामाजिक सञ्जाल मार्फत सञ्चालन गरिएको अभियानमा सबैकाे सहयाेगकाे उक्त सहयाेग रकम विरामी प्रदान गर्न सफल रहेकाे संयाेजक पूर्ण राइले बताए ।
भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका लासमाया राईलाइ पैसा अभावका कारण केहि दिन अघि घर ल्याइएकाे थियाे । सहयाेग रकम जुट्न थालेपछि पुनः अस्पताल लाने तयार भइरहेकाे संयाेजक राइले बताए ।
उपचारका लागि पूर्ण किराती राईको संयोजकत्वमा एक समिति बनाइ अभियान सञ्चालन गरिएको थियो । जस अभियान समितिमा रविन एवाइ राई, प्रदिप सागर, भोगेन्द्र राई र सुवास राई रहेका छन् ।