adv
adv

नेपालमा आइतबार १५६ जना कोरोना संक्रमित थपिए भने ५८ जना डिस्चार्ज भए

झापा,४ असार  । नेपालमा पछिल्लो २४ घण्टा थप १५६ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार यससँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १७ हजार ६ सय ५८ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितहरु सुनसरीका १, सप्तरीका ३२, सिराहाका १, पर्साका ७, बाराका १, सर्लाहीका २५, काठमाडौँका १, ललितपुरका २, मोरङका १, रौतहटका २ जना,मकवानपुरका १, कास्कीका ६, लमजुङका ६,बागलुङका १, म्याग्दीका ६, स्याङजाका २, पर्वतका १, रुपन्देहीका २, प्युठानका १, बाँकेका ५, वर्दियाका १०, दाङका ५, नवलपरासीका १०, सल्यानका १, डढेलधुराका २ र कैलालीका २४ जना रहेका छन्।

त्यस्तै  पछिल्लो २४ घण्टामा ५८ जना कोरोना संक्रमित डिस्चार्ज छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या ११ हजार ६ सय ९५ पुगेको छ।

देशभरका २७ वटा प्रयाेगशालामा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४१ जनाको पीसीआर परीक्षण गरिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

नेपालमा ४० जनाको कोरों संक्रमणबाट मृत्यु भएको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु