adv
Advertise Expired !

नेकपाको आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता बढ्नु दुःखद: शेखर काेइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपाको आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता बढ्नु दुःखद भएको बताएका छन् ।

नेता काेइरालाले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै राष्ट्रपतिले आफ्नो जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्नुपर्ने पनि बताएका छन् ।

काेइरालाले ट्वीटरमा लेखेका छन्, ‘राष्ट्रपति सामान्य र राजनीतिक व्यक्ति होइन । साझा, सम्मानित र सर्वोच्च निकाय हो । राष्ट्रपतिले आफ्नो जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्नुपर्छ । पछिल्ला दिनमा नेकपा भित्रको आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता बढ्नु देश र लोकतन्त्रको लागि अत्यन्तै दुःखद हो ।’

नेकपा नेताहरुलाई पटक–पटक शितल निवास बोलाएर नेकपाको विवाद समाधानको पहल गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना हुँदै आएको छ ।

शनिबार पनि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्डलगायतका नेकपा नेताहरुले राष्ट्रपतिलाई साक्षी राखेर विवाद समाधानको प्रयास गरेका थिए ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु