adv
adv

पहिरोमा परिएर आमा छोरीको मृत्यु

फायल तस्वीर

दार्चुला । दार्चुलाको नौगाड गाउँपालकिा ६ मा पहिरोमा पुरिएर आमा छोरीको मृत्यु भएको छ । ४२ वर्षीया मानमतीदेवी ठगुन्ना र उनकी ६ वर्षीया छोरी आरतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

अविरल वर्षाका कारण पहिरोले घर भत्किदा आमा छोरीको मृत्यु भएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहका अनुसार ‘परिवारका अन्य सदस्य सकुशल रहेका छन् ।

गएराति घरमाथिबाट आएको पहिरोले घर भत्किएपछि उनीहरु पुरिएका उनले बताए ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु