सुनको भाऊ तोलामा २ सय रुपैयाँ घट्यो ५ श्रावण २०७७, सोमबार हरप्रहर न्यूज काठमाण्डौ ,५ श्रावण । सुनको भाऊ आज तोलामा २ सय रुपैयाँ घटेको छ । आज तोलामा ९२ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकिएको थियो । त्यस्तै चाँदी पनि आज तोलामा ५ रुपैयाँ घटेर तोलाको १ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।