adv

मेलिना राईको “उजाड मेरो मनमा” सार्वजनिक,अभिनय पनि आफ्नै ( भिडियोसहित )

काठमाडौं । गायिका मेलिना राईको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। आइतबार मेलिनाकै युट्युब च्यानल’मेलिना राई ‘बाट ‘उजाड मेरो मनमा ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

प्रथम भोइस अफ नेपालका बिजेता सिडी बिजय अधिकारीको संगीत रहेको उक्त गीतमा लाल कुमारी राईका शब्द समावेश छन्। अहिलेका व्यस्त म्युजिक भिडियो निर्देशक शान थापाको निर्देशनमा तयार भएको यस भिडियोमा मेलिना आफैँ फिचरिङ छन् ।

यो भन्दा अगाडी “बितेका कुरा’,‘बैँशै बेइमानी’ जस्ता गीतमा उनि आफैले अभिनय गरिसकेकी मेलिनाले यो गीत र भिडियोलाई पनि लिएर आफू निकै उत्साहित भएको बताइन् । उनले भनिन्, ‘मैले भिडियोमा पनि आफैँ अभिनय गरेकी छु। ति गीतहरुमा जसरि दर्शक श्रोताले साथ् दिएर मन पराईदिनुभयो,यसलाई पनि मन पराई दिनु हुन्छ भन्ने आशा गरेकी छु ।‘

राजु कार्कीले एरेन्ज गरेको यस गीतलाई साजन शाहले मिक्सिङ गरेका छन्। भिडियोलाई अर्जुन तिवारी र टिमले  खिचेका हुन् ।

नृत्यमा पनि पोख्त गायिका मेलिनाले गायनमा सक्रिय हुनुअगाडी नृत्य प्रशिक्षकको रुपमा पनि काम गरेको थिईन् । (भिडियो )

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु