adv
adv

नेकपा बैठक स्थगित : राहत र उद्धारमा जुट्न नेता कार्यकर्तालाई निर्देशन

काठमाडाै । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे स्थायी कमिटिकाे बैठक स्थगित भएकाे छ ।
बैठकले बाढी र पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिदै साउन १३ गतेसम्मका लागि बैठक स्थगित गरेकाे हाे ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले बाढी पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्ने प्रस्ताव पास गरेको छ । साथै सरकारलाई पनि राहत र उद्धारमा कुनै कसर बाँकी नराख्न आग्रह गरेको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित थिए । स्थायी कमिटी बैठक अघि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु