
कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माको परिवार
झापा,६ श्रावण । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले झापा शिवसताक्षी नगरकी बाढी पिडित तारा शेर्माको घर निर्माणका लागि मेची अभियानलाई ११ हजार नगद प्रदान गरेका छन् ।
शर्माले आफ्नी श्रीमती कविताको जन्मदिनको अवसर पारेर अभियानका संयोजक बिजय डालमियालाई सोमबार नगद ११ हजार प्रदान गरेका हुन् । परिवारका हरेक सदस्यको जन्मदिनको अवसरमा कांग्रेसका नेता शर्माले अति विपन्न वर्गका नागरिकलाई हर तरहको सहयोग वर्षेनी गर्दे आएका छन् ।

बाढीले बिस्थापित भएपछी बनिएको आफ्नो टहरा संगै तारा शेर्मा
‘म लगायत मेरो परिवारका सदस्यको जन्मदिन मात्र होइन, वर्षका ३६४ दिन नै गरिब दुखी, समाजबाट अपहेलित बर्गको पक्षमा हुन्छु । त्यसमा १ दिन म र मेरो परिवारको विशेष दिन, अझ बढी जो विपन्नताको गहिराइमा हुन्छन्, तिनै परिवारको साथमा हुन्छु,’ उनले भने, ‘म काठमाण्डौमा भएपनि मेरो मन मस्तीस्क झापा शिवसताक्षी नगरकी तारा शेर्माको घर बनाउन तर्फ केन्द्रित छ।
तारा शेर्माको घर असार २८ मा कनकाई नदिमा आएको बाढीले बगाएको थियो । उनलाई जिल्ला रेडक्रस सोसाइटी झापाले तत्काल अस्थाई रुपमा पुर्नस्थापना गरेको थियो ।
झापाका अधिकांस र काठमाण्डौका केही संञ्चार माध्यममा तारा शेर्माको बिचल्ली भएको समाचार प्रकाशमा आएपछि ‘मेची अभियानले’ शेर्माको घर बनाईदिने घोषणा गरेको छ । शिवसताक्षी नगरपालिकाले शेर्माको स्थायी पुर्नस्थापनाका लागि जनता आवास कार्यक्रम क्षेत्रमा जग्गा दिने निर्णय गरेपछि शेर्माको घर पक्का बन्ने भएको हो ।


