adv

साउन ८ गतेदेखि सबै सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीहरुको निर्णय

काठमाडौँ,६ श्रावण ।  यातायात व्यवसायीहरुले साउन ८ गतेदेखि सबै सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेका छन्।

 मंगलबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरका तीनवटा ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरी साउन ८ अर्थात्  बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन्।

सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा  सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । तर व्यवसायीले विभिन्‍न माग राख्दै यातायात सञ्चालन गरेका थिएनन् ।

सरकारले छोटो दुरीका सवारी साधनमात्र चलाउने निर्णय गरे पनि यातायात व्यवसायीले लामो दूरीका सवारी साधन पनि चलाउने निर्णय गरेका हुन्। यद्यपि सरकारले अहिलेसम्म लामो दूरीमा बारे कुनै निर्णय गरिसकेको छैन।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु