adv

नेपालमा एकैदिन ६०९ जना कोरोना संक्रमणबाट निको भए ,१५० जना संक्रमित थपिए

झापा,६ श्रावण  । नेपालमा मंगलबार एकैदिन  ६ सय ९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या १२ हजार ४ सय ७७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले दिएको जानकारी अनुसार  थप १५० जनामा काेराेना भाइरसकाे स‌ंक्रमण पुष्टि भएकाे छ। यससँगै काेराेना संक्रमितको कुल संख्या १७ हजार ९ सय ९४ पुगेकाे छ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितहरु  झापाका २, सर्लाहीका ३, उदयपुरका ८, इलामका २, सप्तरीका १, मोरङका ३, धनुषाका २९, महोत्तरीका १३, पर्साका २, चितवनका ४ जना, मकवानपुरका ५,काभ्रेका १, रामेछापका २, चितवनका १, कैलालीका १, काठमाडौँका ८,महोत्तरीका १, नुवाकोटका १, ललितपुरका १, गोर्खाका ३, म्याग्दीका ३, स्याङजाका ३, बागलुङका ३, नवलपरासीका १, बाँकेका ३, दाङका ३, सल्यानका २, दैलेखका १०, डोटीका ४, कैलालीका ३, बझाङका ४ तथा कञ्चनपुरका २० जना रहेका छन्।

यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ६३ जनाकाे पीसीआर परीक्षण गरिएकाे छ। मंगलबारसम्म देशभरका क्वारेन्टिनमा २१ हजार ७ सय ४ जना रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु