काठमाडौँ ,६ श्रावण । सरकारले आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेर शैक्षिक कार्यक्रम अघि बढाउन दिने निर्णय गरेको हो ।
तर विद्यालय तथा क्याम्पससहितका शैक्षिक संस्थाहरु खोल्ने निर्णय भने गरिसकेको छैन । पठनपाठन कहिलेदेखि सुरु गर्ने भन्ने निर्णय पछि गरिने सरकारको निर्णय सार्वजनिक गर्दै प्रवक्ता युवराज खतिवडाले बताए ।
कोरोना भाइरसको महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेयता शैक्षिक संस्थाहरु ठप्प छन्।