
किरात याक्थुङ चुम्लुङ साइप्रसको दोस्रो साधारण सभा लिमासोलको पिकनिक स्थलमा सम्पन्न भएको छ । १९ जुलाईमा भएको सभाले आगामी कार्यकालको लागि कार्य समितिका रिक्त पदमा पदपूर्ति गरेको छ ।
सभाले समितिको उपाध्यक्षमा कल्पना लिङ्देन, सचिवमा रेश्मा लिम्बू, सहसचिवमा डिकबहादुर लिम्बू, कोषाध्यक्षमा बबि लिम्बू, सह कोषाध्यक्षमा शान्ती आङ्देम्बे र सदस्यमा मिजिरा सम्बाहाम्फेलाई चयन गरिएको छ ।
सल्लाहकार समितिको रिक्त पदमा देबि लावती, सपना पोमु लिम्बू, चुमन्ता लिम्बूलाई चयन गरिएको् हो । साधारण सभाको अवसरमा सिसेक्पा तङ्नाम (साउने संक्रान्ती) कार्यक्रम पनि गरिएको थियो ।
कार्यक्रममा याःलाङ केःलाङको प्रस्तुतिको साथमा बर्षा इङ्नाम ले नृत्य गरेर मनोरञ्जन प्रदान गरेकी थिइन् ।

