adv
adv

धुलाबारीमा बीपी कोइरालाको ३८ औ स्मृति दिवस बिभिन्न कार्यक्रमका साथ मनाइयो

मेचीनगर ,६ असार । झापाको धुलाबारीमा नेपाली काँग्रेसले जननायक बीपी कोइरालाको ३८ औ स्मृति दिवस बिभिन्न कार्यक्रमका साथ मनाएको छ । नेपाली काँग्रेस प्रदेश क्षेत्रीय समिति क्षेत्र नम्बर १ क ले पनि स्मृति दिवसको अवसरमा ‘रक्तदान तथा बीपी चिन्तन’ कार्यक्रमको  आयोजना गरेर मनाएको हो । धुलावारी स्थित क्षेत्रीय पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ४१ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रमका सभापति एवम् प्रदेश क्षेत्रीय समिति क्षेत्र नम्बर १ क का सभापति हर्क सुब्बा फियाकले रक्तदान गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा बीपीको तस्वीरमा माल्यारपण समेत गरिएको थियो ।

नेपाली काँग्रेस झापाका जिल्ला उपसभापति राम कट्टेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि कट्टेलले बीपी कोईराला नेपाली काँग्रेसको प्राण भएको बताउँदै बीपीले लिएको बिचारलाई आत्म साथ गरेर अघि बढ्नुको बिकल्प नभएको बताए । बीपीले सधै बिचारलाई प्रधानता दिएको बताउदै उनले भने देश ,जनता र समाजकै लागि त्याग गरेका बीपीको सिद्धान्तलाई बुझन् नसक्दा पछिल्लो समय पार्टीमा बिचलन आएको उनको भनाई थियो । देशमा चरम भ्रष्टचार मौलाउदै गएको र दुई तिहाई दम्भको सरकार शत्तिको आडमा गलतबाटो हिढन थालेको उनले आरोप लगाए । देशमा चरम भ्रष्टचार मौलाएको छ भ्रष्टचार नियन्त्रण गर्न गठित अक्तियार लाई समेत सरकारले हात खुट्टा बाधेर आफ्नो नियन्त्रणमा राखेको उनले आरोप लगाए ।

सोहि अवसरमा संविधान सभा सदस्य उषा गुरुङले काँग्रेस  क्रान्ति र शान्तिका नायक युग पुरुष बीपीका हामी चेलाहरु आज कहा र कसरी चुक्यौ सोच्नु पर्ने समय आएको बताईन । उनले देश कोरोना , बाढी र भ्रष्टचारबाट थलिएको समयमा सरकार जनताको सुरक्षा भन्दा पनि आफनो कुर्सी जोगाउने खेलमा लागेर आन्तरिक कलहमा फस्दै गएको उनको भनाई थियो ।

कार्यक्रममा क्षेत्रीय सभापति मणि उप्रेती , मेचीनगर सभापति इन्द्र बहादुर बुढाथोकी लगायतले बोलेका थिए । उपसभापति हिकमत क्षेत्रीले स्वागत गरेको कार्यक्रमको संञ्चालन सचिव बद्धि खड्काले गरेका थिए ।  जिल्ला सचिव प्रेम सम्बाहाम्फे ,ताराबीर कटुवाल , जिल्ला कोषाध्यक्ष केशवराज पाण्डे , जिल्ला सदस्य पुष्पराज पौडेल, महाधिवेशन प्रतिनिधि टेकबहादुर लिम्बु, दुर्गा खतिवडा , महिला संघ केद्रिय सदस्य गोमा भट्टराई , तरुणदल जिल्ला अध्यक्ष गोपाल तामाङ , क्षेत्रीय सचिव हरि बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु