adv

‘आईपीएल ‘ सेप्टेम्बर १९ बाट हुने

काठमाडौं ,९ साउन ।  इन्डियन प्रिमियर लिग (आईपीएल) को १३औं संस्करण सेप्टेम्बर १९ देखि युएईमा हुने भएको छ ।

समाचार एजेन्सी पीटीआईमा उल्लेख भएअनुसार १९ सेप्टेम्बरदेखि लिग सुरु हुने र फाइनल नोभेम्बर ८ मा हुने भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)को विश्वस्त स्रोतले जनाएको छ ।

कोरोना भाइरस महामारीको कारण अनिश्चित बनेको आईपीएल टी-२० विश्वकप एक वर्ष पछि सरेपछि युएईमा आयोजना गर्ने तयारी भइरहेको हो ।

‘आईपीएल सेप्टेम्बर १९ मा सुरु हुने सम्भावना छ र फाइनल नोभेम्बर ८ मा हुनेछ । यो ५१ दिनको हुनेछ र फ्रेन्चाइज, ब्रोडकास्टर, स्टेकहोल्डर सबैलाई सुहाउने छ,’ बीसीसीआईको उच्च पदाधिकारीलाई उद्‍धृत गर्दै पीटीआईले जनाएको छ ।

आईसीसीले अष्ट्रेलियामा अक्टोबर नोभेम्बरमा हुने तय भएको टी-२० विश्वकप स्थगित गरेपछि आईपीएल आयोजना गर्ने बाटो खुलेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु