झापा,९ साउन। झापाको मेचीनगर २ मा अज्ञात समुहको खुकुरी प्रहारबाट एक ब्यक्तिको मृत्यु भएको छ ।
मेचीनगर २ स्थित भृकुटी चोकमा ब्यवसायी नारायण आचार्यको हत्या भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए ।
खुकरी प्रहार पछि गम्भीर घाईते भएका आचार्यको उपचारको क्रममा बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।
आज दिउँसो करीब ३ः३० बजेतिर भृकुटी बजारमा अज्ञात ब्यक्तिले खुकुरी प्रहार गरेर फरार रहेका थिए । हत्यामा संलग्न ब्यक्तिलाई पक्राउ गरिएको डिएसपी पोखरेलले बताए ।
घटनाका बारेमा आवश्यक अनुसन्धान भईरहेको डिएसपी पोखरेलले बताए ।

