adv

नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३ सय बढी,मृतक सख्या ४४ पुग्यो

झापा,९ साउन । नेपालमा शुक्रबार थप १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका  अनुसार संक्रमितहरु धनकुटाका १, सुनसरीका १, झापाका २५, मोरङका २, सप्तरीका ७, सुनसरीका ४, बाराका १, सर्लाहीका २, पर्साका ३१ जना, धनुषाका १, काठमाडौँका १०, चितवनका २, उदयपुरका १, कास्कीका ५, लमजुङका ३, बागलुङका १, तनहुँका १, बाँकेका २, वर्दियाका २, दाङका ४, नवलपरासीका ४, रुपन्देहीका ४, जाजरकोटका १, कालिकोटका २, दैलेखका ८ तथा कैलालीमा ८ जना  रहेका छन्।

कोरोना भाईरसको संक्रमण निको भएर थप १०७ जना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १२ हजार ९४७ पुगेको छ।

यस्तै कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । गौतमका  अनुसार पर्सा वीरगन्ज महानगरपालिका ११ श्रीपुर रानीघाटका ८५ वर्षीय महिलाको शुक्रबार बिहान ९:४५ नारायणी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी मुटुसम्बन्धी बिरामी र निमोनियाबाट ग्रसित थिइन् । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु