झापा,१२ साउन । नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएकाे छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट तीन जनाको मृत्यु भएकाे छ ।
पर्साको वीरगञ्ज नगरपालिकाका ६५ वर्षीय पुरुष र धनुषाको शहीनगर नगरपालिकाका ३६ वर्षीय पुरुषको हिजो र बाराको ठेटा गाउँपालिका निवासी ६० वर्षीय पुरुषको साेमबार मृत्यु भएकाे मन्त्रालयले जनाएको छ ।
पर्सामा मृत्य भएका व्यक्ति भारतीय नागरिक रहेको बताइएको छ । उनी मुटु तथा मधुमेहका रोगी थिए ।
धनुषाका पुरुषलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारका लागि बीपी कोरइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ ।
बाराका ६० वर्षीय वृद्धको त्रिवि शिक्षण अस्पतालमा मृत्य भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनला२ निमोनीया, मष्तिष्कघात र मृगौलासम्बन्धी रोगबाट ग्रसित थिए ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेकाे सङ्ख्या ४८ पुगेको छ ।