adv

ट्राभल हिस्ट्री नभएका झापाका स्थानीय नेता र औषधि व्यवसायीमा संक्रमण

झापा, १२ साउन । झापाको बाह्रदशी गाउँपालिकामा ट्राभल हिस्ट्री नभएका स्थानीय दुई जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

स्थानीय वडा नम्बर २ र ३ का नेकपाका स्थानीय नेता र अर्का एक जना औषधि व्यवसायी रहेका छन् । बाह्रदशीमा पहिलो पटक स्थानीयमा संक्रमण देखिएको हो । यस अघि देखिएका १२ जना भारत लगायतका देशबाट फर्किएका थिए ।

संक्रमित दुबै जनालाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लागिएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए । बाह्रदशी लोकल ट्रान्समिशन देखिएकाले मंगलवारबाट मास टेस्टिङ गरिने फोकल पर्सन चम्लागाईले जानकारी दिए ।

योसँगै झापामा संक्रमितको संख्या ३ सय ४८ पुगेको छ भने निको भएर फर्किनेको संख्या ३ सय ४ रहेको छ । सजिलोखबरबाट

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु