इलाम,१६ साउन । इलाममा शुक्रवार थप पाँच जना सशस्त्र प्रहरीमा कोरोना भाईरस (कोभिड –१९) को संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएका सबै इलाम नगरपालिकाको सदरमुकाम स्थित शसस्त्र प्रहरीको एक नम्बर गणमा कार्यरत शसस्त्र प्रहरी रहेका शसस्त्र प्रहरीको एक नम्बर गणका प्रमुख सुधिर जँग थापाले बताए ।
साउन ११ गते श्वाव संकलन गरिएको थियो । उनीहरुलाई थप उपचारका लागि मोरङको गोठगाउँस्थित कोरोना अस्पताल लैजाने तयारी भईरहेको गणका थापाले बताए ।
आज थपिएसंगै संक्रमित सशस्त्र प्रहरीका जवान मात्रै १० जना पुगेका छन् । यस अघि पाँच जनामा संक्रमण पुष्टि भईसकेको छ ।
भने इलाममा कुल संक्रमितको संख्या ४० पुगेको छ ।