adv
adv

नेपालमा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित संख्या १९ हजार ७७१ पुग्यो

झापा,१६ साउन । नेपालमा पछिल्लो २४ घण्टामा दुई सय २४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । योसँगै अहिलेसम्म सङ्क्रमितको सङ्ख्या १९ हजार सात सय ७१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय ५१ जना काेराेना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार निकाे भएर घर फर्किनेसहित अहिलेसम्म १४ हजार तीन सय ९९ जना उपचारपछि निकाे भएका छन् ।

नेपालमा अहिले पाँच हजार तीन सय १६ जना सक्रिय सङ्क्रमित रहेकाे मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु