adv
adv

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५७ पुग्यो

काठमाडौँ, १८ साउन । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका थप १ जनाको मृत्यु भएसंगै कुल संख्या ५७ पुगेको हो ।

मृत्यु हुनेमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं १६ की ६८ वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

उनको साउन १७ गते शनिवार मृत्यु भएको हो । ज्वरो खोकी तथा श्वासप्रश्वास सम्बन्धी समस्या भएकी ती महिलालाई साउन १४ गते वीरगञ्जको नारायणी बयोदा अस्पतालमा भर्ना गरिएको थियो । उनमा साउन १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको स्वास्थ्य अवस्था थप जटिल भएपछि उनलाई नारायणी अस्थायी कोभिड अस्पताल रिफर गरिएको थियो । उनलाई अस्पताल लैजाने क्रममा नै मृत्यु भएको प्रवक्ता डा गौतमले जानकारी दिए ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु