adv

भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण

काठमाडौं,१८ साउन । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई कोरोना भाइरसको संक्रमण भएको छ। गृहमन्त्री शाहले आफै यसबारे पुष्टी गरेका छन्। आइतबार दिउँसो उनले आफ्नो ट्वीटर अकाउन्टमा आफुलाई कोरोना संक्रमण भएको उल्लेख गरेका छन्।

‘कोरोनाका सुरूआती लक्षण देखिएपछि मैले परीक्षण  गराएको थिएँ र रिपोर्ट पोजेटिभ आएको छ’, ट्वीटरमा उनले लेखेका छन्, ‘मेरो स्वास्थ्य अवस्था ठिक छ तर डाक्टरहरूको सल्लाहमा अस्पताल भर्ना भएको छु।’

साथै उनले आफ्नो सम्पर्कमा आएकालाई आइसोलेसनमा बसेर स्वास्थ्य परिक्षण गराउन पनि आग्रह गरेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु