काठमाडौं,१८ साउन । बलिउडका चर्चित अभिनेता अमिताभ वच्चन कोरोना भाइरसबाट निको भएर घर फर्किएका छन्।
आइतबार ट्विटरमा जानकारी दिँदै उनले आफू अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएका छन्। उनले ट्विटरमा भनेका छन्, ‘मेरो कोरोना परीक्षण गराएर घरको क्वारेन्टाइनमा फर्किएको छु।’
उनले आफूलाई जन्म दिने माता पिताको आशिर्वाद, समर्थकहरुको प्रार्थना र नजिकबाट माया गर्ने फ्यानहरुको मायाले सुरक्षित रहेको बताउदैं नानावती अस्पतालमा काम गर्ने नर्सहरुहरुलाई पनि धन्यबाद दिदै उनीहरुले ख्याल गरेकै कारण आज यो दिन देख्न पाएकाले आफु आभारी रहेको बताएका छन् ।
उनलाई असार २७ गते कोरोना भाइरसको संक्रमण देखिएको आफ्नै ट्विटरमार्फत जानकारी गराएका थिए । त्यसपछि नानावती अस्पतालको आइसोलेसनमा बसेका थिए ।