adv

विराटनगरमा उपचार गराइरहेका काेराेना संक्रमितकाे मृत्यु

विराटनगर । कोशी अस्पताल विराटनगरमा उपचार गराइरहेका एकजना काराेना संक्रमितको मृत्यु भएको छ । विराटनगर ५ निवासी ७७ वर्षीय बृद्धकाे मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका उनलाई शंका लागि कोभिड उपचार केन्द्रमा लगेर आइसोलेसनमा राखी स्वाब लिएर उपचार थालेको डाक्टर लक्ष्मीनारायण यादवले बताए ।

कोसी अस्पतालमाको आइसोलेसनमा राखेर उपचार गरिएको अवस्थामा उनको रिपोर्ट आउनुअघि नै मृत्यु भएको डाक्टर यादवले बताए ।

उनमा कोरोना भाइरस पोजेटिभ रिपोर्ट आएको अस्पतालजे जनाएको छ । उनीसँगै कोरोना संक्रमणबाट मोरङमा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु