adv

नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३९० पुग्यो

काठमाडौँ,२१ साउन । नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ।

आज बुधबार थप ३८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोसंगै कोरोना संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमित हुनेहरूमा काठमाडौँका ५७, ललितपुरका ५, सुनसरीका २, इलामका २, सप्तरीका ८, उदयपुरका १, मोरङका ७, सर्लाहीका ५, धनुषाका १२, महोत्तरीका १४, सिराहाका १, बाराका २७, पर्साका १ सय ५१, गोर्खाका ३, कपिलवस्तुका ९ र मकवानपुरका ४ जना, रौतहटका १, धादिङका २, महोत्तरीका २, सिन्धुपाल्चोकका १, महोत्तरीका १, रौतहटका १, सिराहाका १, स्याङ्जाका १७, बाग्लुङका २, कास्कीका १, बाँकेका १३, दाङका १, सुर्खेतका १०, कालिकोटका १ र बझाङका ११ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै कोरोना भाइरसको संक्रमणबाट निको भएर थप १३० जना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १५ हजार १५६ पुगेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु