झापा,२३ साउन । कोरोना भाइरसको संक्रमणबाट धरानको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक युवकको मृत्यु भएको छ ।
सिरहाको गोलबजार नगरपालिका वडा नम्बर १२ का २२ वर्षीय युवकको गएराति उपचारको क्रममा मृत्यु भएको सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए ।
मृतक मिर्गौलाका बिरामी थिए । विगत ३ वर्ष देखि डायलासिस गराइरहेको ती युवकलाई बुधवार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसंगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ ।