adv

कक्षा ११ को परीक्षा नलिनु – राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौ । कक्षा ११ को वार्षिक परीक्षा तत्काललाई नलिन राष्ट्रिय परीक्षा बोर्डले विद्यालयहरूलाई निर्देशन दिएको छ । नोवेल कोरोना भाइरस (कोभिड १९) का कारण सरकारले परीक्षा सञ्चालन सम्बन्धी निर्णय नगरेको भन्दै उसले यस्तो निर्देशन दिएको हो ।

कोरोना संक्रमणका कारण नेपाल सरकारले हालसम्म विद्यालय पुनः सञ्चालनको निर्णय गरिनसकेको अवस्था छ । तर निर्णय नगरेको अवस्थामा समेत केही विद्यालयहरूले कक्षा ११ को परीक्षा सम्बन्धी कार्यक्रम सार्वजनिक गरको पाएको हुँदा सोबाट विद्यार्थी तथा अभिभावहरूमा त्रासको वातावरण सिर्जना हुन गएकोले नेपाल सरकारबाट विद्यालय पुनः सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सम्बन्धी कार्यहरू नगर्नका लागि परिक्षा बोर्डले सुचना जारी गरेको छ ।

कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि अनुसार कक्षा ११ को वार्षिक परीक्षा सम्बन्धित विद्यालयले नै सञ्चालन गर्ने व्यवस्था छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु