adv
adv

कोरोनाबाट थप ३ जनाको मृत्यु, नेपालमा मृतक संख्या ७३ पुग्यो

काठमाडौँ,२४ साउन । नेपालमा कोराना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ।

शुक्रबार मृत्यु हुनेहरुमा काठमाडौंको टोखा नगरपालिका ६ बस्ने ४१ वर्षीय महिला रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

यस्तै पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका ३ छप्कैयाका ७४ वर्षिय वृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। मधुमेह र दमबाट पीडित ती वृद्धको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

यसगरी मोरङको विराटनगर महानगरपालिका ९ का ५८ वर्षका पुरुषको पनि साउन शुक्रबार नै उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको थियो।उनी उच्च रक्तचाप र निमोनियाका विरामी थिए।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु