काठमाडाैँ । प्रदेश एकमा थप ६१ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।
शनिबार संक्रमित हुनेहरु मोरङबाट ४८, सुनसरीबाट १० र ३ जना प्रदेश २ को महोत्तरी र राजविराजका रहेका प्रदेश एककाे सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगर महानगरपालिकामा ७ जना महिला र २६ जना पुरुषमा संक्रमण पुष्टि भएको छ।
त्यसैगरि, बुढीगंगा गाँउपालिकामा १२ पुरुष, कटहरी गाँउपालिका, धनपालथान गाँउपालिका र उर्लाबारी नगरपालिकामा समान १ जना महिलामा संक्रमण भएको छ।
सुनसरीको धरान उपमहानगरपालिकामा २ महिला र २ पुरुष, दुहबी नगरपालिकामा ३ पुरुष र १ महिला, इनरुवा नगरपालिकामा २ पुरुषमा समेत संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यससंगै प्रदेश २ को महोत्तरीबाट १ महिला र १ पुरुष र राजविराजका १ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो। उनीहरुको विराटनगरमा स्वाबको नमूना संकलन गरिएको थियो।
शनिबार ३ सय ३७ महिला र १ हजार १ सय ९७ पुरुष गरी १ हजार ५ सय ३४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। जसमध्ये ६१ जनाको रिपोर्ट पोजेटिभ आएको हो।
प्रदेशमा हालसम्म ५१ हजार ६ सय ६६ जनाको पीसीआर नमुना संकलन गरिएकोमा १ हजार ३ सय ८३ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। त्यसैगरि ५० हजार २ सय ८३ जनाको रिपोर्ट नेगेटिभ आएको छ।