झापा,२५ साउन । झापामा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरू बाह्रदशीका १ महिला र १ पुरुष, अर्जुनधारा नगरपलिकाका २ जना पुरुष भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।
उनीहरू छिमेकी मुलुक भारतबाट आएका हुन्।
त्यसैगरि पाथिभरा गण दमकमा कार्यरत एकजना सशस्त्र प्रहरीमा पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको फोकल पर्सन जीवन चौंलागाईंले जानकारी दिए।
योसँगै झापामा कोरोना संक्रमितको कुल संख्या ३९८ पुगेको छ।