adv
Advertise Expired !

भदौ १५ गतेसम्म हवाइ र लामो दूरीको यातायात बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले भदौ १५ गतेसम्म हवाइ र लामो दूरीको यातायात बन्द गर्ने निर्णय गरेको छ।

सोमबार बेलुका बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १५ गतेपछि मात्र आन्तरिक तथा बाह्या हवाइ सेवा खोल्ने र लामो दूरीको यातायात चलाउन दिने निर्णय गरेको हो।

यसअघि सरकारले भदौ १ गतेदेखि एक जिल्लाबाट अर्को जिल्लामा जाने लामो दूरीका यातायात खुला गर्ने निर्णय गरेको थियो। हाल जोर विजोर प्रणालीअनुसार सार्वजनिक र नीति सवारी साधन चल्दै आएका छन्।

मन्त्रिपरिषद्ले भारतबाट प्रवेश गर्ने नाका २० बाट घटाएर १० झार्ने निर्णय पनि लिएको छ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु