adv

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले गिरावट

काठमाडौँ  । सुनको मूल्यमा मंगलबार पनि सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैयाँले गिरावट आएर एक लाख एक हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाला सुनको मूल्य तोलामा एक लाख दुई हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुनको मूल्य तोलामा पनि ८ सय रुपैयाँले गिरावट आएर एक लाख एक हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार तेजाबी सुनको मूल्य तोलामा एक लाख एक हजार नौ सय रुपैयाँमाa कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु