काठमाडौ । आईसीयूमा उपचाररत एकजना कोरोना संक्रमित ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । बाराको कलैया घर भएको पुरुषको ललितपुरको किस्ट अस्पतालको आईसीयूमा मृत्यु भएको हो ।
ललितपुरको किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसा पाठकका अनुसार २६ गते राति उनलाई त्रिवी शिक्षण अस्पतालले इमर्जेन्सीमा रिफर गरेको थियो। उनी दम तथा मुटु रोगी थिए।
आज बिहान ४ बजे मृत्यु भएका उनको रिपोर्ट दिउँसो १ बजे आएको हो।

