मेचीनगर,२९ साउन । झापाको मेचीनगर नगरपालिकामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरू १ चिकित्सक सहित ४ जना समुदायका मानिसहरू रहेका छन् ।
मेचीनगर नगरपालिका १० स्थित आम्दा अस्पतालका एक जना चिकित्सकलाई बुधबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो।
यस्तै यसअघि सङ्क्रमण पुष्टि भएका मेचीनगर १० का १५ बर्षिय युवकका परिवारका दुई जना सदस्यमा समेत सङ्क्रमण पुष्टि भएको मेचीनगर नगरपालिकाले जनाएको छ।
समुदायस्तरमा गरिएको पिसिआर परिक्षणको बुधबार आएको नतिजा अनुसार मेचीनगर ७ का एक पुरुषमा पनि सङ्क्रमण देखिएको छ।
योसंगै मेचीनगरमा सङ्क्रमितको संख्या १०० पुगेको छ।

