adv
Advertise Expired !

सुनको भाउ २ हजार ४ सय रूपैंयाले बढ्यो

काठमाण्डौ ,२९ साउन । सुनचाँदीको भाउ आज फेरी बढेको छ । आज तोलामा २ हजार ४ सय रुपैयाँ बढेर तोलाको ९७ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि हिजो एकैदिन तोलामा ६ हजार २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९५ हजार ४ सय रुपैयाँमा झरेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ८५ रुपैयाँ बढेर तोलाको एक हजार २ सय ९५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

कोरोना सङ्क्रमण बढिरहँदा लगानीकर्ता सुनमा आकर्षित भएकाले भाउ महँगो हुँदै तोलाको एक लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु