adv
Advertise Expired !

रोटरी क्लव र रोट्याक्ट क्लब अफ बिर्तामोडद्वारा कोरोना रोकथामका लागि डिसइन्फेक्टेन्ट मेसिन प्रदान

बिर्तामोड,२९ साउन । रोटरी क्लव अफ बिर्तामोड र रोट्याक्ट क्लब अफ बिर्तामोडले कोरोनाको संक्रमण रोकथामका लागि बिर्तामोड नगरपालिका र इलाका प्रहरी कार्यालय अनारमनीलाई डिसइन्फेक्टेन्ट स्प्रेस मेसिन प्रदान गरेको छ ।

कोरोना भाइरसको संक्रमण दिनै बढ्दै गइरहेका बेला  बिर्तामोड नगरपालिकालाई दुई थान र इलाका प्रहरी कार्यालय अनारमनीलाई एक थान डिसइन्फेक्टेन्ट स्प्रेस मेसिन आज नगरपालिकामा आयोजित कार्यक्रमकाबीच  प्रदान गरिएको हो ।

क्लवका अध्यक्ष निर्मल भट्टराई, सर्भिस डाइरेक्टर विनोद वस्नेत, आइपिपी निकिता गिरी ,रोट्रयाक क्लवका अध्यक्ष प्रभाष थापा मगर,आइपिपी राज मुखिया लगायत सदस्यहरुको टिमले बिर्तामोड नगरपालिकाका प्रमुख ध्रवकुमार शिवाकोटी, स्वास्थ्य शाखाका ओम खड्का र इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजाललाई  मेसिन हस्तान्तरण थिए  ।

मेसिन ग्रहण गर्दै नगरप्रमुख शिवाकोटीले महामारी रोक्न नगरको एक्लो प्रयास भन्दा सबैको साथ र सहयोग आवश्यक परेको अवस्थामा रोटरी क्लवले देखाएको सदासयता आफैंमा प्रशसनीय रहेको बताउनुभयो । रोटरी क्लवले स्थापना कालदेखि नै विश्वभर स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको र महामारीको यो समयमा समेत मानवहितका क्षेत्रमा रोटरी क्लवले गरेको काम आफैंमा उदाहरणीय रहेको बताए  ।

त्यस्तै इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक रिजालले कोरोना भाइरसको संक्रमणलाई रोकथामका लागि रोटरी क्लवले उपलब्ध गराएको मेसिन प्रभावकरी हुने भन्दै त्यसलाई सही सदुपयोग गरेर सुरक्षामा खटिने प्रहरीलाई संक्रमण मुक्त राख्ने बताए  ।

यता रोट्रयाक क्लवका अध्यक्ष थापाले आफूहरुको सानो प्रयासले समाजलाई सुरक्षित राख्न सहयोग पुग्न सकोस् भन्दै रोटरी क्लव अफ बिर्तामोडसंगको सहकार्यमा डिसइन्फेक्टेन्ट स्प्रेस मेसिन प्रदान गरिएकोबताए  ।

कार्यक्रममा सहभागीलाई धन्यवाद ज्ञापन सहित रोटरी क्लवका अध्यक्ष भट्टराईले विश्वभर पोलियो उन्मुलनका क्षेत्रमा रोटरी क्लवले शुरुका दिनमा कदम चालेको र त्यसपछि शिक्षाको विकास र मानवहितका क्षेत्रमा काम गर्दै आएकाले क्लवले स्थानीय स्तरमा रहेर महामारीबाट बचाउन नगरपालिका र इलाका प्रहरी कार्यालयलाई डिसइन्फेक्टेन्ट स्प्रेस मेसिन प्रदान गरेको बताए  ।

अध्यक्ष भट्टराईले बिर्तामोड नगरपालिकामा १५ शैयाको अश्पताल बन्ने भएसंगै ५ थान डायलसिस मेसिन समेत प्रदान गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

कार्यक्रम रोटरी क्लवका महासचिव सञ्जिव घिमिरेले सञ्चालन गरेका थिए । रोटरी क्लव अफ बिर्तामोड र रोट्याक्ट क्लब अफ बिर्तामोडले  सामाजिक क्षेत्रमा सक्रिय रुपमा काम गर्दै आइरहेको छ ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु