adv

नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार नजिक ,बिहिबार थपिए ५२५ जना संक्रमित

काठमाडौँ,२९ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ५२५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेकाे छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १११ , ललितपुरका ११ , भक्तपुरका ५, धनुषाका २२, झापाका २, पर्साका ३९, सुनसरीका २०, उदयपुरका १, मोरङका ८८, इलामका ४, महोत्तरीका २०, रौतहटका २५, सिराहाका २, सप्तरीका ३१, बाराका १, नुवाकोटका १ र सर्लाहीका २६ जनामा कोरोना पुष्टि भएकाे छ।

यस्तै चितवनका ११, मकवानपुरका २८, सिन्धुलीका २, काभ्रेका ८, रामेछापका ३, दोलखाका १, सुर्खेतका १, कपिलवस्तुका २१, कास्कीका ३, नवलपरासीका ४, तनहुँका १, प्युठानका ३, रुपन्देहीका १२, दाङका २, बाँकेका १०, बर्दियाका ३, पाल्पाका १, बैतडीका १ तथा डोटीका १ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा १०९ जना डिस्चार्ज भएको जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १६ हजार ८ सय ३७ पुगेकाे छ।

पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ५९ जनाको पीसीआर परीक्षण गरिएकाे छ। हाल देशभर १४ हजार ७ सय ६९ जना क्वारेन्टिनमा रहेका छन्।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु