adv

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु,नेपालमा मृतक संख्या ९५ पुग्यो

झापा,२९ साउन  । नेपालमा विगत २४ घण्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मृतकहरु मोरङका ५७ वर्षीय पुरुषको कोशी अस्पतालमा, महोत्तरीका ४५ वर्षीय पुरुषको रामजानकी अस्पतालमा, धनुषाकी ८५ वर्षीया वृद्धाको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र अछामका १८ वर्षीय युवाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ।

योसंगै नेपालमा कोरोनाका कारण हालसम्म ७३ जना पुरुष र २२ जना महिला गरि मृतकको संख्या ९५ पुगेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु