झापा, २९ साउन । झापामा आज बिहिबार थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईका अनुसार आज संक्रमण पुष्टि भएकाहरुमा बिर्तामोड नगरपालिकाकी २९ वर्षीय महिला र अर्जुनधाराका ५९ वर्षीय पुरुष रहेका छन् । उनीहरु दुबैजना भारतबाट आएर स्थानीय कारेन्टिनमा बसेका थिए ।
योसंगै झापामा कोरोना संक्रमितको कुल संख्या ४२० पुगेको छ भने ३५९ जना निको भएर अस्पतालबाट घर फर्की सकेका छन् ।