adv

झापाको बुद्धशान्ति गाउँपालिका आज राति १२ बजेदेखि एकहप्ता सम्म लकडाउन गर्ने निर्णय

झापा ,२९ साउन ।  झापाको बुद्धशान्ति गाउँपालिकाले आज राति १२ बजेदेखि लागु हुने गरी एकहप्ता सम्म गाउँपालिका क्षेत्र भित्र लकडाउन गर्ने निर्णय गरेको छ ।

 गाउँपालिकाका अध्यक्ष  रमेश कुमार भुजेलका अनुसार गाउँपालिकासँग सिमा जोडीएको नगरपालिका हरुमा समुदायमा स्तरमा कोरोना संक्रमण  बढे पछि गाउँपालिकाको आज बसेको बैठकले संक्रमण रोकथाम तथा नियन्त्रणका लागी आज राती १२ बजेदेखि यही भदौ ४ गतेसम्म ७ दिनका लागी लकडाउन गर्ने निर्णय गरेको हो  ।

गाउँपालिका निर्णय अनुसार पालिका भित्रका अत्यावश्यक सेवा वाहेकका सवै प्रकारका उद्योग, व्यवसाय, सेवा, शैक्षिक संस्था, कार्यालय, व्यापार, होटल, पसल र सपिङ मल वन्द गर्ने । त्यस्तै बुद्धशान्ति भित्र अत्यावश्यक र मालवाहक वाहेकका सवै सवारी साधन संचालन नगर्ने निर्णय गरेको अध्यक्ष  भुजेलले बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु