adv
Advertise Expired !

सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढ्यो

काठमाण्डौ ,३० साउन । सुनचाँदीको भाउ आज पनि बढेको छ ।
 
आज सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९८ हजार ६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
 
अस्ति एकैदिन तोलामा ६ हजार २ सय रुपैयाँ घटेको सुनको भाउ हिजो भने २ हजार ४ सय रुपैयाँ बढेको थियो । त्यही भाउमा आज सुन तोलामा ८ सय रुपैयाँ महँगो भएको हो ।
 
यस्तै चाँदी आज तोलामा ६० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको एक हजार ३ सय ५५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ
adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु