adv

मेचीनगरपालिकाको वडानम्बर ९ को नवनिर्मित भवनको उद्घाटन

मेचीनगर, ३० साउन । झापाको मेचीनगर नगरपालिकाको वडानम्बर ९ को नवनिर्मित भवनको शुक्रबार विधिवत उद्घाटन गरिएको छ ।

नगरप्रमुख विमल आचार्य, उपप्र्रमुख मीना पोखरेल उप्रेती तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र्रकुमार खाम्याहाङ्ले संयुक्तरुपमा एकतले पाँच कोेठे पक्की भवनको रिविन काटेर उद्घाटन गरेका छन् ।

वडाध्यक्ष गोपाल खड्काका अनुसार अबदेखि वडाका प्रशासनिक लगायत सवै काम नयाँ भवनबाट सञ्चालन हुनेछ  । वडा नम्बर–९ को कार्यालय भवन निर्माण आयोजनाको कुल लागत ९४ लाख ८० हजार ४३ रुपैयाँ अनुमान गरिए पनि ६८ लाख ६५ हजार १ सय ४५ रुपैयाँमा आयोजनाको सम्झौता भएको थियो ।

मेचीनगर नगरकार्यपालिकाबाट ३८ लाख ६५ हजार १ सय ४५ रुपैयाँ र जिल्ला समन्वय समिति झापाबाट ३० लाख रुपैयाँ बजेटका श्रोत जुटाई २०७६ साल भदौ १८ गतेबाट निर्माण कार्य शुरु गरिएको थियो ।

२०७५ भदौ ११ गते निर्माण कम्पनि श्रीनयन बराल,उद्घेश्य निर्माण सेवा मेचीनगरसँग सम्झौता भई २०७६ चैत मसान्तभित्रमा निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।

नगरका प्रेस संयोजक लक्ष्मी उप्रेतीका अनुसार  यस कार्यालयबाट ७ हजार ७ सय ३१ जना लाभान्वित हुने छन् । यसअघि वडाको सवै काम साविक धुलावारी गाविसको भवनबाट हुँदैं आएको थियो । उक्त भवन पुरानोे र कमजोेर भएका कारण दैनिक कार्य सम्पादनमा समस्या आउने गरेकोे भए पनि अब नयाँ भवनबाट दैनिक कार्य सम्पादन गर्न थालेपछि सरल र सहज तथ सेवाग्राहीलाई समेत लाभ मिल्ने विश्वास लिइएको छ  ।

 मेचीनगर नगरपालिकामा कुल १५ वटा वडा रहेका छन् र नगरपालिकाका २, ८, १० र १२ नम्बर वडा भाडाका घरबाट सञ्चालन भइरहेका छन् । बाकी आफ्नै भवनबाट सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत महेन्द्र्रकुमार खाम्याहाङ्ले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु