adv
adv

झापाको दमकमा एकैदिन थप ६ जनामा कोरोना संक्रमण पुष्टि

दमक, ३० साउन । झापाको दमकमा आज शुक्रबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेहरु दमक ५ की एक महिला हुन भने अन्य ५ जना भने कर्मचारी रहेको नगर स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले जानकारी दिए ।

ती महिला भारतवाट आएर होम क्वारेन्टाइनमा बसेकी थिइन् । अन्य संक्रमितहरु नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रको कर्मचारी भएको खुल्न आएको छ ।

भट्टराईका अनुसार गत बुधबार १०७ जनाको मास टेस्टीङ गरि विराटनगरको प्रादेशिक प्रयोगशालामा गरिएको पिसिआर परीक्षण गर्दा ती ६ जनाको रिपोर्ट भने पोजेटिभ आएको हो  । बाकी अन्यको भने रिपोर्ट नेगेटिभ आएको हो । अन्य अझै २००  जनाको पिसिआर परीक्षणको रिपोर्ट भने आउन बाकी रहेको छ ।

दमकमा एकैपटक यतिका संख्यामा पहिलोपटक संक्रमण देखिएको हो । संक्रमितलाई कोभिड अस्पतालको आइशुलेसनमा पठाउने तयारी भईरहेको समेत जनाईएको छ ।

यसैवीच, समुदायमा  संक्रमण फैलिएको हुन सक्ने भन्दै आजदेखि दमकमा आंशिक रुपमा लकडाउन पनि गरिएको छ ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु